हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षासहित हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।





