अछाममा आज भूकम्पको धक्का महसुस गरिएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर बिहान ६.३३ बजे भूकम्प गएको हो ।मंगलबार बिहान ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पले अछामका साथै अन्य आसपासका जिल्लामा पनि धक्का महसुस गरिएको थियो ।





