त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । मतदानमा ६५ प्रतिशत विद्यार्थी सहभागी भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ । त्रिविका ६२ आंगिकमध्ये २२ क्याम्पस र सम्बन्धन प्राप्त केही क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।
त्यस्तै पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस र शहिद बहुमुखी क्याम्पस रामपुरमा शान्तपूर्णरुपमा (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । एक हजार ८ सय ९४ जना मतदाता विद्यार्थी रहेको यस त्रिभुवन बहुमुखी क्याम्पसमा एक हजार २ सय २८ मत खसेको क्याम्पस प्रमुख टंक भट्टराईले जानकारी दिए । यो ६४ दशमलव ८३ प्रतिशत मतदान हो । मत गणना आज हुदैछ ।
रामपुरस्थित शहिद बहुमुखी क्याम्पसमा ८० दशमलव ०८ प्रतिशत मत खसेको छ । यहाँ ७ सय १३ जना मतदाता विद्यार्थी रहेकोमा ५ सय ७१ मत खसेको हो । भने हिाजो विधार्थी विच विवाद बढेको हुनाले मत गणना रोकिएको साथै आज विहान बैठक बसेपछि गणनाहुने पृथ्वी टेलिभिजनका प्रमूख हरी पोखरेलले जानकारी दिए ।





