त्रिभुवन बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा अनेरास्ववियु क्रान्तिकारीका मिलन घर्ती मगर विजयी भएका छन्। बुधबार सम्पन्न निर्वाचनबाट उनी ३९० मत प्राप्त गरी विजय भएका हुन । निर्वाचित घर्ती मगरले ३९० मत प्राप्त गर्दा प्रतिस्पर्धी (नेविसंघ)का कृष्ण अर्यालले ३४२ मत प्राप्त गरे ।
सचिव पदमा भने नेपाल विद्यार्थी संघका सुशील बस्याल ५१७ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत पाए । कोषाध्यक्षमा पनि नेविसंघकै मिस्मा राना ४१६ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी गंगादेवी बाह्रघरेले ३४५ मत पाइन् ।
यस्तै, सदस्यमा नेविसंघकी आशिका विश्वकर्माले ३९०, ज्योति दर्लामीले ४२६, तोरण रास्कोटीले ३८७, नवीन थापा ३९८, बबिता थापाले ४०५, सुजल भटराईले ४५२ र अखिल क्रान्तिकारीकी इच्छा थापाले ३६० मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत जीवनबहादुर थापाले बताए ।





