गणतन्त्रका पक्षमा सचेतनाका लागि एमाले सडकमा उत्रिने

नेकपा (एमाले) ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनचेतनाका लागि देशव्यापी जनप्रदर्शन गर्ने घोषणा गरेको छ । मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्न भन्दै एमाले सडकमा उत्रिने भएको हो ।

तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गते देखि ३० गते सम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनचेतना कार्यक्रम ल्याएउने भएको छ ।

महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?