नवलपराससी सेवा समाजद्धारा बिद्यालयमा अक्षयकोष स्थापना

नवलपरासी सेवा समाज युएईले पश्चिम नवलपरासी स्थित बर्दघाट १० मा रहेको ज्ञानज्योती माविमा अक्षयकोष स्थापना गरेको छ । गरिव तथा जेहन्दार विद्यार्थीको सहयोगार्थ अक्षयकोष स्थापना गरेको संस्थाका उपाध्यक्ष अतित भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार गरिव, अशक्त तथा जेहन्दार बिद्यार्थीलाई प्रदान गर्ने गरि ५१ हजार रुपैँयाको अक्षयकोष स्थापना गरिएको हो ।
अक्षयकोष स्थापना कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक नरनाथ लामिछानेले अक्षयकोषको स्थापनाले बिद्यालय संचालनका लागि सहयोग पुगेको बताउनुभयो ।

कार्यक्रममा नवलपरासी सेवा समाज युएईका उपाध्यक्ष अतित भुषाल, कोपिला सापकोटा, प्रचारप्रसार विभाग प्रमुख मनोज पाण्डे, साँस्कृतिक विभाग प्रमुख पार्वती पङ्गेनी साथै नेपाल प्रतिनिधि कृष्ण बस्याल र विद्यालयका शिक्षक शिक्षकाहरुको उपस्थिति रहेको थियो ।

समाजका बरिष्ठ उपाध्यक्ष सीता बराल र सक्रिय सदस्य कुलप्रसाद तिवारीको पहलमा अक्षयकोषको स्थापना गरिएको समाजका अध्यक्ष भुपराज डुम्रेले जानकारी दिनुभयो ।

अक्षयकोष स्थापना कार्यक्रममा समाजका नेपाल प्रतिनिधि युवराज पुन मगर, विद्यालय व्यवस्थापन समिती अध्यक्ष चिरञ्जीवी खनाल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन विद्यालयका सहायक प्र अ ढुण्डिराज भण्डारीले गर्नु भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?