प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सिंगापुरविरूद्ध ऐतिहासिक जित हासिल गरेकामा नेपाली फुटबलका राष्ट्रिय खेलाडीलाई बधाई ज्ञापन गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमा फुटबल खेलाडीको तस्वीर राख्दै ओलीले सिंगापुरविरूद्धको खेलमा नेपालले विजय हासिल गरेकामा बधाई ज्ञापन गरेका हुन् ।
‘बधाई नेपाली !! नेपालले सिंगापुरविरुद्ध ऐतिहासिक जित हात पारेको छ । सिंगापुरसँग पहिलो खेल भएको ४३ वर्षमा नेपालको पहिलो पटक जितका लागि सबैलाई बधाई !!’, प्रधानमन्त्री ओलीले लेखेका छन् ।
शुक्रबार साँझ सिंगापुरको राष्ट्रिय रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरलाई १–० गोलले पराजति गरेको थियो ।





