नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति सँगै वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ ।
चार वर्षीय घिसिङको कार्यकाल आगामी साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको छ । उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच जुहारी चल्दै आएको थियो ।





