केही देशहरूलाई भन्सारमा छुट दिन सकिन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारस्परिक भन्सारको लागि आफूले धेरै देशहरुलाई छुट दिने योजना बताएका छन् । लामो समयदेखि धेरै देशहरुसँगको सम्बन्ध राम्रो रहेको र उनीहरुसँग अमेरिकाको सम्बन्ध राम्रो नै राख्ने बताएका हुन् ।  उनले अप्रिल २ लाई मुक्ति दिवसको रुपमा चित्रण गरेका छन् ।

ट्रम्पले भेनेजुएलाबाट तेल÷ग्यास खरिद गर्ने कुनैपनि राष्ट्रमा २५ प्रतिशत कर लगाउने बताए । राष्ट्रपतिले ल्याटिन अमेरिकी देशलाई हजारौं अपराधीहरूलाई संयुक्त राज्य अमेरिका पठाएको आरोप लगाएका छन् ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?