एउटा कर्मचारीलाई हटाउँदा केही छाती पिटिपिटी रोइरहेका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई हटाउँदा केही मान्छे छाती पिटिपिटी रोइरहेका टिप्पणी गरेका छन् । आज राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा कर्मचारी हटाउँदा जवाफ दिइरहनु नपर्ने बताएका हुन् ।

‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्यो, सक्कियो । त्यही हो जवाफ । उहाँहरुलाई सहयोग हुने उहाँहरुले जे भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन,’ उनले भने ।

यस्तै प्रधानमन्त्री ओलीले देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टने बताए । युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मान्छेहरुले आँकलन नै नगरेको भन्दै देश र जनताको लागि परि आएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउने स्पष्ट पारे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?