नवलपरासी सेवा समाज युएईले पश्चिम नवलपरासीको सुनवल ११ जर्गाह स्थित वाक्वाणी माध्यामिक बिद्यालयमा अक्षयकोष स्थापना गरेको छ । गरिव तथा जेहन्दार विद्यार्थीको सहयोगार्थ अक्षयकोष स्थापना गरेको संस्थाका अध्यक्ष भुपराज डुम्रेले जानकारी दिनुभयो । उहाँका अनुसार गरिव, अशक्त तथा जेहन्दार बिद्यार्थीलाई प्रदान गर्ने गरि ५१ हजार रुपैँयाको अक्षयकोष स्थापना गरिएको हो ।
अक्षयकोष स्थापना कार्यक्रममा बोल्दै विद्यालयका प्रअ जीवन कुमार श्रेस्ठले अक्षयकोषको स्थापनाले बिद्यालय संचालनका लागि सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रमा संस्थाका अउपाध्यक्ष कोपिला सापकोटा ,अतित बाबू भुसाल, प्रचार प्रसार बिभाग प्रमुख मनोजराज पाण्डे ,साँस्कृतिक विभाग प्रमुख पार्वति पङ्गेनि , आजीवन सदस्य किष्न बस्याल ,भुवानन्द पराजुलि, ईश्वरि प्रसाद न्यौपाने ,गङ्गा बस्याल, भविनास न्यौपाने , हेमन्त साप्कोटा र विद्यालयका शिक्षक शिक्षकाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपक रानाले मन्तब्य राख्दै समाजले गरेको कामको प्रशंसा गर्नुभयो । कार्यक्रम शिक्षक युवराज पाण्डेले संचालन गर्नुभएको थियो ।




