प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाने

प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।ओली दिउँसो १ बजे थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नेछन् ।

भ्रमणका क्रममा ओली र थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।सो अवसरमा पर्यटन, संस्कृतिका सन्दर्भमा दुई समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ ।

बिस्टेक शिखर सम्मेलनलाई ओलीले चैत २२ गते सम्बोधन गर्ने हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?