यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो

युनाइटेड अरब इमिरेट्स (यूएई) ले पवित्र रमजान महिना र इद पर्वको अवसरमा १६६ जना नेपाली कैदीलाई आममाफी दिएको छ । “पवित्र रमजान महिना र इदको पर्वको अवसरमा १६६ नेपाली कैदीलाई आममाफी प्रदान गरिएकामा नेपाल सरकार संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ,” हिजो मंगलबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत भनेको छ ।

नेपालीलाई यूएईले दिएको आममाफीलाई नेपालले उच्च मूल्यांकन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यूएईको अबुधाबीस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारको अनुरोधमा उनीहरूलाई आममाफी दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै, यसअघि कतारले पनि रमजान र इदको अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?