आजदेखी तानसेनमा महोत्सव हुदै

आजदेखी दोस्रो तानसेन महोत्सव हुने भएको छ। पाल्पा व्यापार संघको आयोजनामा हुने महोत्सव आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष विष्णुबहादुर कार्कीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।

तानसेनसहित समग्र जिल्लाको पर्यटन, व्यापार, रोजगारी, कृषि उद्योगको विकास र विस्तारमा महोत्सवले टेवा पुग्ने उनले बताए। महोत्सवमा तीन सयभन्दा बढी स्टल रहनेछन्। नेपालको पहिलो र ठूलो फिस टनेल महोत्सवमा मुख्य आकर्षकको रूपमा रहेको छ।

कृषि उत्पादन, लघु तथा घरेलु उत्पादनको प्रदर्शनी, शैक्षिक सामग्री, विभिन्न वेशभूषा, कला संस्कृति झल्किने झाँकी प्रदर्शन हुने संघका महासचिव तुलबहादुर अधिकारीले जानकारी गराए ।

तानसेन नगरपालिका मुख्य आयोजक रहेको महोत्सव को व्यवस्थापन एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रालि चितवनले गर्नेछ । पाँच लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा ८ करोडभन्दा बढीको कारोबार हुने आयोजकले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?