अर्घाखाँचीमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु, दुई घाइते

अर्घाखाँचीमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरी-खनदहको भित्री सडकखण्डमा आइतबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । घटनामा परी दुई जना घाइते भएका छन् । मालारानीको लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप (बलेरो) अनियन्त्रित भई दुर्घटना भएको अर्घाखाचीबाट प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५ बजेर ५५ मा चिकित्सकले मृत घोषणा गरेको मल्ल जानकारी दिए । घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?