द हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टर,बुटवलले “डिजाइनर रनवे शिजन ५” कार्यक्रम ल्याउने भएको छ । कार्यक्रममा नयाँ वर्षको आगमन सँगै नयाँ आशा र डिजाइनरहरुको मेहनतको सुन्दर कलालाई प्रस्तुत गरिने संस्थाकि प्रमूख हिरा पेग्नीले बताउनुभयो ।
महिलाहरुलाई नयाँ ज्ञान,सीप सिकाई आत्मनिर्भर बनाउनु यो संस्थाको प्रमूख उद्देश्य हो । पेग्नी भन्नुहुन्छ “आफ्नो हातमा सीप भएपछि आत्मनिर्भर बन्न सकिन्छ । बढ्दो र मौलाउदो फेसन बजारको मागलाई बुझ्न र व्यवसायीक रुपमा अंगाल्नका लागि यो सीप सबैले सिक्न अति आवश्यक रहेको छ ।”
कार्यक्रममा डिजाइनरहरुको संख्या ३५ जना भन्दा बढि सहभागि हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा पाल्पाबाट मनिसा केसी र गिता सारु सहभागि हुँदैछन् । विगत बाह्र महिना देखी उनीहरु हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरमा आबद्ध छन् । कार्यक्रम यही चैत्र २८ गते टाइगर प्यलेस वाइ सोल्टीमा हुने आयोजकले बताएको छ ।
विगत ५ वर्ष देखि बुटवलमा रहेको द हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरले सिलाई/कटाई सम्बन्धी सिप प्रदान गरेर महिलाहरुलाई आत्मनिर्भर बनाउदै व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान दिदै आएको छ ।
निराजन पौडेल ।





