हावाहुरी र वर्षातले तानसेन महोत्सव प्रभावित

शुक्रबार देखि सुरु भएको दोस्रो तानसेन महोत्सव हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ । बुधबार दिउँसोदेखि परेको वर्षा र रातीको ठूलो हावाहुरीका कारण महोत्सव प्रभावित बनेको हो ।

हिजो कार्यक्रमको तयारी भइरहेको बेला अचानक वर्षा र हावाहुरी चलेपछि महोत्सव हेर्न भेला भएका हजारौं बाल बच्चादेखि बुढापाका बिच भागदौड मच्चिएको थियो । कार्यक्रमा आफ्नो प्रस्तुती देखाउन आएका स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरु समेत आफ्नो कला देखाउनबाट बञ्चित भए । हावाहुरी र पानीले स्टल उडाएको छ भने मन्च अहिले अस्तव्यस्त छ ।

वर्षा र हावाहुरीका कारण महोत्सव स्थलमा ठूलो क्षति पुगेकाले पुनः नयाँ संरचना निर्माण गरेर मात्र महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?