आज सातवटै प्रदेशमा वर्षा को सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । जसले गर्दा देशभर आंशिकदेखि साधारणतया बदली भएको छ ।

देशका सातवटै प्रदेशमा आज वर्षा हुन सक्ने अनुमान गरिएको छ ।  सातवटै प्रदेश तथा विशेषगरी पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको हुदाँ त्यसबाट पर्न सक्ने प्रवावबाट आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?