नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ३.१५ र डिजेलमा रु. २.६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
लिटर पेट्रोलमा रु.३ र डिजेल र मट्टितेलमा ३ रुपैयाँले घटाइएको छ ।
भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।





