आज यी प्रदेशमा चट्याङ्गसहित वर्षा

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना तथा देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

देशभर वर्षा हुने प्रक्षेपण रहेकाले यो हप्ता गहुँ, मुसुरोलगायत अन्न बाली नकाट्न मौसमविद्ले आग्रह गरेका छन् । यो हप्ता कुनै पनि अन्नलगायत बाली नकाट्न र काटेको भए तत्कालै भित्र्याउँदा क्षति कम हुने मौसमविद् जनाएका छन् । नयाँ प्रणालीको प्रभाव आउँदो सोमवारसम्म रहने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?