गत चैत २० गतेदेखि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा रहेका कारण नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान प्रभावित भएको छ । यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान प्रभावकारी बनाउने सरकारले तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा प्रभावित बनेको हो ।
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान सुरु भइसकेको छ ।
सरकारले विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित हुनेगरी भर्ना अभियान सञ्चालन गर्न र गराउन भनिएको छ । तर यहाँ शिक्षक, भर्ना अभियानभन्दा पनि आफ्नो माग पूरा गर्नका लागि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् ।
शिक्षकहरुको आन्दोलन आज १९ औं दिनमा पुगेको छ ।





