जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको मृत्यु

जीपमा करेन्ट लागेर आगलागी हुँदा ताप्लेजुङमा चार जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

आज बिहानै दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोलबाट लत्रिएको तारबाट करेन्ट लागेको हो ।

करेन्टबाट जीपमा आगो लागेको ताप्लेजुङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुलाई जिल्ला अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?