नेकपा (एमाले) ले लोकतन्त्र दिवसको दिन वैशाख ११ गते भृकुटीमण्डपमा आयोजना गर्न लागेको युथ सेलिब्रेसनको लागि अनेरास्ववियुले विशेष तयारी गरेको छ । अहिलेको पुस्ताले लोकतन्त्र कसरी आयो र यसको महत्त्व के छ भन्ने कुरा बुझोस् भन्नको लागि कार्यक्रम आयोजना गरिने भएको हो ।
जनताले जितेको दिनको रूपमा पार्टीले आयोजना गर्न लागेको सेलिब्रेसनलाई विशेष बनाउन संगठनको तर्फबाट योजना बनाइएको अनेरास्ववियुले जनाएको छ ।
गणतन्त्र प्राप्तिसँग जोडिएका कन्सर्ट, झाँकी र डेमोस्ट्रेसनहरु कार्यक्रममा समावेश गरिनेछ ।





