पाल्पाको सिद्धेश्वरमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई घाईते

पाल्पाको रैनादेवी छहरा १ सिद्धेश्वरमा हिजो राती जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लु१ज २३७७ नम्बरको जिप चढेर सिद्धेश्वरको असारे जंगलमा लागेको डढेलो निभाउन गएका व्यक्तिहरू सवार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सर्वोत्तम सिमेन्टको खानी नजिकै १५० मिटर तल जिप खस्दा दिपेन्द्र बुढा, चेतबहादुर बिक र जनक रेगामीको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा सरोज बुढा र रन्जन रेस्मी घाइते भएका छन्।

डढेलो निभाउने क्रममा भएको दुर्घटनाले गाउँमा शोकमय भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?