शिक्षक र सरकारबीचको वार्ता आज निष्कर्षमा पुग्ने सम्भावना देखीएको छ । सोमबार राति अवेरसम्म बसेको वार्ता सकारात्मक भएको दुवै पक्षले जनाएका छन।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तका अनुसार केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । अरु विषयमा सहमति नजिक पुगेको छ । ‘वार्ता सकारात्मक भएको छ । केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । मंगलबार नै टुंगो लगाउँछौं’, वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले भने ।
शिक्षा ऐन जारी गर्न शिक्षकहरु गत चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन् । जसले गर्दा नयाँ शैक्षिक वर्ष प्रभावित भएको छ ।





