शिक्षकसँगको वार्ता निष्कर्ष विहिन

आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ । मंगलबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सहमति बिनै टुंगिएको हो।

शिक्षक महासंघले सहमतिका लागि ९ वटा बुँदा सरकारसमक्ष प्रस्ताव गरेको छ। उक्त प्रस्तावमा सरकार पक्षसँग लगातार छलफल र संवाद चलिरहे पनि सहमतिहुन सकेको छैन ।

वार्ता आज पनि बस्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?