आज पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

आज देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनच, ट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा वर्षा गराउने विभिन्न प्रणाली सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार अहिले देशको मौसमी प्रणालीमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका अतिरिक्त बंगालको खाडी र अरब सागरबाट समेत आइरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले बताएको छ ।

जसका कारण आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?