डुम्रे दुग्ध कृषि सहकारी संस्थाले दुग्धजन्य पदार्थ विक्री पसल उदघाटन गर्यो

डुम्रे दुग्ध कृर्षि सहकारी संस्था लिमिटेडले, तानसेन १ भुसलडाँडाडा मिशन हस्पिटलको तल्लो गेट अगाडी एक समारोह विच आफ्नो दुघ तथा दुग्ध जन्य पदार्थ विक्री पसलको समुदघाटन सम्पन्न गरेको छ । तानसेन नगरपालिका वडा नं १ का वडाध्यक्ष सुनिल कुमार वस्यालले दिप प्रज्वलन गरि रीवन काटी, व्यानर पढेर उदघाट गर्नु भएको कार्यक्रममा वोल्दै कृषकहरुले उत्पादन गरेको दुध सिधै उपभोक्ता माझ पुर्याउने उदेस्य राखी संचालन गरेको यस डुम्रे दुध र दुग्ध जन्य पदार्थको विक्री पसलले सँधै उपभोक्ताको मन जित्त्दै प्रगतिको दिशामा अघि वढन सकोस भन्दै आफ्नो र वडावासीको तर्फवाट शुभकामना दिनु भएको थियो ।

यसै गरि कार्यक्रमका विशिष्ट अतिथि पाल्पा जिल्ला सहकारी संघका अध्यक्ष राम जि प्रसाद घिमिरेले यो दुग्ध कृषि सहकारी सँस्थाले २०५१ साल देखि जिल्लामा आफ्नो संस्था दर्ता गरि हाल सम्म गुणस्तरिय दुध,दहि,घ्यु, पनिर, खुवा र छुर्पि जस्ता वस्तुको उत्पादन तथा विक्री वितरण गरि स्थानिय उपभोक्ता हरुलाई रोजगारी समेत प्रदान गर्दे आईरहेकोले यस्ता व्यवसायी संस्थाहरुलाई सवैले उत्प्रेरणा दिनु पर्ने भनाई राख्नु भएको थियो

आफ्नो भनाई राख्ने क्रममा सहकारिका व्यवस्थापक गोपाल जिसि ले यो संस्थाले रिव्दिकोट, तिनाउ र तानसेन नगरपालिका क्षेत्रलाई आफ्नो कार्यक्षेत्र वनाएर सेवा दिदै आएको र हाल दैनिक २५ सय देखि २७ सय लिटर सम्म दुध विक्री वितरण दुदै आईरहेको जानकारी दिदै आगामी दिनमा यसको सेवालाई अझै फराकिलो वनाउदै लैजाने योजना रहेको वताउनु भयो । कार्यक्रममा विगत १० वर्ष अघि देखि डुम्रे दुग्ध सहकारी सँस्थाको दुग्ध जन्य पदार्थको विक्री वितरण गर्दे आउनु भएको र हाल उक्त पसल डुम्रे सहकारी संस्थालाई नै हस्तातरण गरेकोमा दुधडेरी व्यवसायी कुल वहादुर खत्रीलाई फुलमाला,टोपी र कदर पत्रले सम्मान गरिएको थियो भने उदघाटन शत्रका प्रमुख अतिथिलाई डुम्रेसहकारी संस्थावाट उत्पादित भैसीको ध्यु, गाईको ध्यु र पनिर मायाको चिनो स्वरुप प्रदान गरिएको थियो ।

उदघाटन कार्यक्रम संस्थाका अध्यक्ष दुर्गा वहादुर खाँड ठकुरीको शभापतित्व, उपाध्यक्ष शंकर भन्डारीको स्वागत र व्यवस्थापक गोपाल जिसिको संचालनमा सम्पन्न भएको हो ।

जेठ ११,
जयराम सापकोटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?