बुद्ध जयन्तीको अवसरमा नारायणडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२६४९ओँ वुद्ध जयन्तिको अवसरमा वोद्ध महिला सेवा समिति आनन्द विहारले तानसेन नगरपालिका वडा नम्वर १ वर्याङदीको नारायणडाँडामा निशुल्क स्वाथ्य शिविर सम्पन्न गरेको छ । तानपा १ का वडाध्यक्ष सुनिल कुमार वस्यालले व्यानर पढेर शुभारम्भ गर्नुभएको कार्यक्रममा वौद्ध महिला सेवा समितिकी अध्यक्ष शोभा शाक्यले कार्यक्रमवारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा आनन्द विहार ज्ञानमालाका अध्यक्ष सन्जयराज शाक्य, धर्मचक्र महाविहारका चुडाकर्म वर्तवन्द संघका अध्यक्ष विरेन्द्र काजी शाक्य, आर्यन विन्जु शाक्य र शोना रावल तथा स्थानिय समाज सेवी पोषकान्त वस्याल लगायतका व्यक्तित्वहरु अतिथि र विशिष्ठ अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । मिशन हस्पिटलको प्रविधिक सहयोगमा चलेको उक्त कार्यक्रममा मिशन अस्पतालका मेडिकल डा. धिरज खाती, गाइनोलिष्ट डा. सिसम सुव्वा, अर्थोपेटिक डा.सुजन शाक्य र अर्थोपेटिक डा.कृष्टिना राईले विभिन्न किसिमका विरामीहरुलाई निस्शुल्क उपचार गर्नु भएको थियो । भने डिल्लिराज पौडेल टिम लिडर भएको ल्याव टेक्निसियनमा प्राविधिक आसिका पाटा र आयुषा राना संलग्न हुनुहुन्यो, यसै गरि फार्मेसी मा लक्ष्मण ज्ञवाली दिन भर खटिनु भएको थियो ।

विहान १० वजे देखि साँझ ५ वजे सम्म चलेको स्वाथ्य सिविरमा १५३ जनाले निस्शुल्क स्वाथ्य सेवा लिएका उपचारमा संलग्न दुर्गा नेपालीले जानकारी दिनु भयो । कार्यक्रमको अन्त्यमा वोल्दै डा.धिरज खातीले २०४९ ओँ वुद्ध जयन्तिको अवसरमा वौद्ध महिला सेवा समितिले आयोजना गरेको स्वाथ्य शिविरमा आफुहरु र आफ्नो टिमलाई गाउँमा आएर पनि विरामी कै सेवामा जुटने मौका दिनु भएकोमा आयोजक र स्थानिय वासीहरुलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रम वौद्ध महिला सेवा समितिकी अध्यक्ष शोभा शाक्यको शभापतित्व र सचिव शुलोचना शाक्यको संचालनमा सम्पन्न भएको हो, शिविर विसिन्चिदी महिला समुहको भवनमा संचालन भएको थियो ।

जेठ ११,
जयराम सापकोटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?