तानसेनमा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाले आफ्नो वार्षिक कार्ययोजना अन्तरगत तानसेनमा गठित जुनियर नाटा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न गरेको छ । नेपाल क्षयरोग निवारण संस्थाकी सह सचिव सुलोचना शाहको शभापतित्व र नेपाल क्षयरोग निवारण संस्थाकी केन्द्रिय उपाध्यक्ष शोभा शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा हाजिरी जवाफको संयोजन तानसेन वहुमुखी क्याम्पसका प्रमुख पुस्कर रेग्मीले गर्नु भएको थियो । प्रतियोगितामा सहभागी पाँच वटा विद्यालयलाई आठ वटा शिर्षकमा ४०  वटा प्रस्न सोधिएको थियो ।

जसमा महेन्द्र वोधी माध्यामिक विद्यालय ७ अंक ल्याई प्रथम, सेन मावी ६ अंक ल्याई द्वितिय, मोहन कन्या मावी ५ अंक ल्याई तृतिय भएको छ भने भुसलडाडा मावीले ४ अंक ल्याई सान्त्वना पुरस्कार जित्न सफल भएको छ । नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाले तानसेनमा भएका विद्यालय मध्ये सेन,पद्मपव्लिक, महेन्द्रवोधी, मोहनकन्या, भुसलडाँडा मावी र होराइजन गरि छ वटा विद्यालयमा जुनियर नाटा स्थापना गरेको थियो । यसरी गठन गरिएका विद्यालय मध्ये आज ५ वटा विद्यालय विच हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको हो।

कार्यक्रम क्षयरोग निवारण संस्थाका कार्य समिति सदस्य जयराम सापकोटाको स्वागत, क्षयरोग निवारण संस्था पाल्पा शाखाका कार्यवाहक शभापति विधान श्रेष्ठको धन्यवाद मन्तव्य र संस्थाकी आजिवन सदस्य सकुन्तला वर्ज्राचार्यको संचालनमा सम्पन्न भएको हो ।

जेठ १३
जयराम सापकोटा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?