तानसेन ३ स्थित वद्रेश्वर शिवालयधाममा यहि २०८२ जेठ १९ गते देखी २५ गते सम्म संचालन हुने वराहपुराणको पुर्वसंन्ध्यामा वद्रेश्वर शिवालय धाम व्यवस्थापन समितिको विस्तारित वैठक विभिन्न निर्णयका साथ सम्पन्न भएको छ ।
वद्रेश्वर शिवालय धामकी अध्यक्ष सरस्वती शर्मा वस्यालको अध्यक्षतामा वसेको धार्मिक सरोकारवालाको वैठकले नेपालकै प्रथम महिला जगतगुरु शंकराचार्य माता हेमानन्द गिरी ज्युद्वारा कथा वाचनहुने उक्त ज्ञानमहायज्ञलाई कसरि व्यवस्थित गर्रि सम्पन्न गर्ने भन्ने वारेमा केन्द्रित भएको वैठकले महापुराण सम्पन्न गर्न विभिन्न समिति र उपसमिति गठन गरेर कामको जिम्वेदारी वाँडफाँण गरेको छ ।
जसमा कलशयात्रा सहितको र्रेलीका लागी पत्राचार गरिएका ७२ भन्दा वढि टोल संथावाट आउने झाकीर्यालीको दर्ता तथा लाइन व्यवस्थापनमा जयराम सापकोटा, नगरपरिक्रमा को रेली व्यवस्थापनका लागी शालिकराम वस्याल, कलस व्यवस्थापनमा भगवती पान्डे, पुजा तथा माला व्यवस्थापनमा तुलसी शर्मा गैरे तथा सरस्वती वस्याल, भजनकृतन व्यवस्थापनमा भजनमन्डलीका लिडर जय प्रकाश उप्रेती, ॐकार झन्डा व्यवस्थापनमा धर्मचन्द्र नेपाल, भोजन तथा प्रसाद व्यवस्थापनमा शिवालय टोल विकाश संस्था र आर्थिक व्यस्थापनमा लक्ष्मण वस्याल संयोजक रहने गरि दल वहादुर राजपुत, खिम वहादुर रायमाझी र सम्पुर्ण कुराको अनुगमनको संयोजकमा टिकाराम वस्याल लगायतलाई जिम्वेदारी दिइएको छ ।
१९ गते विहान ११ वजे देखि जुटेका विभिन्न संघसंस्था उपस्थित धार्मिक अभियान्ताहरुको कलशशोभा यात्रा दिउसो ठिक १२ वजे देखि वाजागाजा र भजनकृतन सहित नगरपरिक्रमा गरिनेछ भने नगर परिक्रमा पछि लगत्तै रेलीमा सहभागी सम्पुर्ण संघसंस्थालाई मायाको चिनो प्रदान गरि उदघाटन शत्रको शुभारम्भ गरिने वद्रेश्वर शिवालयधामका संरक्षक शिव शंकर गिरीले जानकारी दिनुभयो । धार्मिक कार्यक्रम हरेक दिन विहान ७ वजेदेखि पुजापाठ ८ वजे देखि पाठपारायण, हवन, रुद्री, गीता, वेदपाठ, एवं ग्रहशान्ती, मध्यान्न १२ वजेवाट तपस्वी ध्यानीवावावाट गीता महिमा कथा वाचन र दिनको १ वजेवाट अनन्त विभुषित महिला जगतगुरु शंकराचार्य माता हेमानन्द गीरीवाट कथा प्रवचन हुने वद्रेश्वर शिवालयधाम की अध्यक्ष सरस्वती शर्मा वस्यालले जानकारी दिनुभयो ।
जेठ १८
जयराम सापकोटा





