भारतबाट फर्केका सुदूरपश्चिमको कैलाली र अछामका पाँच जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । गौरीफन्टा नाका हुँदै नेपाल फर्केका ३० जनाको ‘एन्टिजेन’ परीक्षण गर्दा पाँच जनामा ‘पोजेटिभ’ देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा तीन जना कैलाली र दुई जना अछामका रहेका छन् । कोरोना सङ्क्रमित उनीहरुलाई ‘होम क्वारेण्टीन’ मा बस्न परामर्श दिइएको छ । दुई दिनअघि मात्रै गौरीफन्टा नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।





