तानसेन बद्रेश्वर शिवालयधाममा चौथो वराहपुराण महायज्ञ सम्पन्न

ऐतिहासिक शहर तानसेन ३ भगवति टोल स्थित वद्रेश्वर शिवालयधाम सन्यास आश्रममा अठारपुराण मध्ये वार्षिक अनुष्ठान अन्तरगत यस वर्ष चौथो वराहपुराण महायज्ञ सम्पन्न भएको छ । साल जेष्ठ १८ गते वाजागाजा र भजन कृतनका साथ नेपालकै प्रथम महिला जगतगुरु शंकराचार्य महामन्डलेश्वर माता हेमानन्द गिरीजी महाराज र ध्यानी बाबा सहित विभिन्न धार्मिक, सामाजिक व्यक्ति र संघ संस्था सहित नगर परिक्रमा गरि शुभारम्भ भएको सप्ताह ज्ञान महायज्ञको यहि जेठ २५ गते सफलताका साथ सम्पन्न भएको हो ।

उक्त महायज्ञमा नेपालकै प्रथम महिला जगतगुरु शंकराचार्य माता हेमानन्द गीरी महाराजले १८ गते देखि २२ गते सम्म आध्यात्मिक चिन्तन सम्वन्धि प्रवचन दिनु भएकि माताले विदाइको क्रममा आफुलाई तानसेन असाध्यै मन परेको र यहि बद्रेश्वर शिवालय धामको गौशाला माथी दुई कोठा निर्माण गरि नेपालभरको महामन्डलेश्वरको आफ्नो जिम्वेदारी यहि रहेर संचालन गर्ने आफ्नो इच्क्षा रहेको वताउनु भएको थियो ।

बद्रेश्वर शिवालय धाम मन्दिर व्यवस्थापन समिति तथा महायज्ञमुल आयोजक समितिकी अध्यक्ष सरस्वती शर्मा वस्यालका अनुसार १८ पुराण मध्ये को यो चौथो वराहपुराणमा करिव १० हजार भन्दा वढि श्रद्धालु भक्तजनहरुले दर्शन गरेका र १८ पुराणमध्येको वार्षिक अनुष्ठानको अवधिभरमा करिव ५०००००  (पाँच लाख) भन्दा वढी नगद रकम उठेको जानकारी दिनुभयो । सात दिन सम्म संचालन भएको महायज्ञको समापन शत्रका प्रमुख अतिथि तानसेन ३ का वावुरत्न शाक्यले तानसेनको गौरव यस बद्रेश्वर शिवालयधामले १८ पुराण मध्ये प्रत्येक वर्ष एउटा, एउटा पुराण लगाउने सतसंकल्प गर्नु आफैमा एक महानकार्य भएको भन्दै यसमा आफ्नो संधै साथ र सपोट रहने भनाइ राख्नु भएको थियो । आइतबार भएको समापन कार्यक्रममा विभिन्न उपसमितिमा रहेर आ-आफ्नो जिम्वेदारी पुरा गर्नुहुने उपसमिति संयोजक र मुल आयोजक समितिका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा आफ्ना भनाइ राख्दै अध्यक्ष सरस्वति शर्मा वस्यालले यो महान अनुष्ठान सफलपार्न खटनुहुने आयोजक समिति सदस्यहरु तथा विभिन्न उपसमितिका सदस्यहरु र दिनरात नभनेर अनवरत रुपमा खटेर काम गर्र्नुहुने सम्पुर्ण महानुभावहरुलाई आफु र बद्रेश्वरधाम शिवालय व्यवस्थापन समितिको तर्फवाट धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो । समापन कार्यक्रम बद्रेश्वर शिवालय धामका संरक्षक शंकरदेव गिरीको संचालनमा सम्पन्न भएको हो ।

जेठ २६,
जयराम सापकोटा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?