नारायणघाट–बुटवलखण्डको विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख कार्यालयले जानकारी दिएको छ ।
एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गरिएको छ । बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए । पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न सकिएको छैन । रातभरी परेको पानीका कारण उक्त सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको प्रहरीले जनाएको छ ।





