युएईमा रही सामाजिक क्षेत्रमा बिगत १० वर्ष देखी सक्रिय संस्था नवलपरासी सेवा समाज यूएईको अध्यक्षमा लोकहरी प्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ । २ वर्षे कार्यकालका लागि ठगप्रसाद डुम्रे उर्फ अशोक बरिस्ठ उपाध्यक्ष चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा उषा पाण्डेय, अतितबाबु भुषाल, सुनिल पाण्डेय, र ओमप्रकास तिवारी चयन हुनुभएको छ । महासचिव मनोज पाण्डेय, सचिव पदमापन्त न्यौपाने, कोषाध्यक्ष भिमप्रसाद भट्टराई, सहकोषाध्यक्ष हेमराज डुम्रे रहनुभएको छ । त्यस्तै प्रवक्तामा खगेन्द्र प्रसाद न्यौपाने, सहप्रवक्तामा अन्जु न्यौपाने, सङगठन विभागमा हिरामणी ढकाल, प्रचारप्रसार विभागमा हरि पाण्डेय, साँस्कृतिक विभागमा सिमा अर्याल, अनुशासन विभागमा खेमराज न्यौपाने उर्फ दिपक, खेलकुद विभागमा सुर्य पौड्याल चुनिनुभएको छ । साथै अधिवेसनले केन्द्रिय सदस्यहरुमा पार्वती पङगेनी, कुलप्रसाद तिवारी, चोलाकान्त तिवारी, कल्पना सापकोटा, दिपक पाण्डेय, पुरन थापा, नारायण खनाल, देवी चापागाँई र मोहनीलाल डुम्रेलाई चयन गरेको छ ।

निजाम कुलिनरी डाईनामिक ग्राउण्ड फ्लोर ग्रेण्ड एम्बेस्डर होटलमा भएको पाँचौ अधिवेसन तथा १० औँ वार्षिक कार्यक्रममा युएईलाई कर्मथलो बनाएर नवलपरासीबाट गएका नेपालीहरुको सहभागीता रहेको थियो ।
सेवाभावका साथ स्थापना भएको संस्थाको नेत्रित्व यस अघि भुपराज डुम्रेले गर्नुभएको थियो । संस्थाको संरक्षकमा
युवराज भुषाल हुनुहुन्छ । विषेस गरि नवलपरासीका गरिब तथा असाहयका लागि समाजले सहयोग गर्दै आईरहेको छ ।
नारायण न्यौपाने





