स्याङ्जा सहयोग समाज युएईले अगस्ट १७ मा ‘तिज धमाका २०२५’ आयोजना गर्ने

तीज नजिकिएसंगै देश तथा विदेशमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन । यसै बिच स्याङ्जा सहयोग समाज युएईले पनि तिज विषेस कार्यक्रम आयोजना गरेको छ । समाजले ‘तिज धमाका २०२५’ गर्न लागेको अध्यक्ष कल्पित भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा झण्डै १ हजार दर्शकहरुको उपस्थिती रहने अनुमान गरिएको छ ।

कार्यक्रममा सांगितिक प्रस्तुतीका लागि पशुपति शर्मा, जानकि तारमि मगर, कोपिला न्यौपाने नेपालबाट युएई जाने निश्चित भएको सांस्कृतिक संयोजक हरि डुम्रेले बताउनुभयो । साथै कार्यक्रममा युएई लाई कर्मथलो बनाएका त्यहाँ स्थित अन्य कलाकारहरुको समेत प्रस्तुती रहने छ ।

कार्यक्रम १७ अगस्टमा क्लब एभरेस्ट अस्टोरिया होटल बर दुबैमा आयोजना गरिएको र आबस्यक तयारी चलिरहेको समाजका महासचिव बिष्णु गैर्हेले जानकारी दिनुभयो । कार्यक्रमको संयोजन रेशम खनालले गर्नु भएको छ ।

प्रवासमा रहेका नेपालीहरु बिचको जमघट तथा सामिप्यताका लागि कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ ।
–अतित भुषाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?