राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युएई शाखाको अध्यक्षमा सापकोटा, सचिवमा भुषाल निर्वाचित

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युएई शाखाको अधिवेशन आईतबार भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनबाट नरेन सापकोटा अध्यक्ष, माया सेँडाइ केसी प्रथम उपाध्यक्ष, जिवन पाण्डे उपाध्यक्ष, अतित भुसाल सचिव, अनिता अधिकारी महिला सचिव, नविन न्यौपाने सह–सचिव, रमेश राना कोषाध्यक्ष, र गोविन्द अधिकारी सह–कोषाध्यक्ष सहितको नयाँ नेतृत्व चयन गरिएको छ । यस्तै, कार्यसमिति सदस्यका रूपमा तुल्सि काफ्ले, अर्जुन न्यौपाने, ज्ञानु आचार्य, श्याम भुर्तेल, रमेश न्यौपाने, सीता स्मृति, धुर्व कुँवर, सबिना सापकोटा, सरिता शर्मा भट्टराई, मनिता अधिकारी, निमकला भण्डारी, पुस्पा रानाभाट, सन्देश तिवारी, आशा पाण्डे, बिरु ओली, नारायण सुनार र गोविन्द पोखरेल निर्वाचित भएका छन्।
अधिवेशनबाट गठन भएको नयाँ कार्यसमितिका पदाधिकारीहरूले पद तथा गोपनीयताको सपथ लिँदै देशबाहिरबाटै नेपाली कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष सापकोटाले विदेशको भूमिमा रहँदा पनि नेपाली संगीत, संस्कृति र मौलिक पहिचानलाई विश्व समुदायमा चिनाउन आफ्नो कार्यकाल समर्पित रहने बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि महावाणिज्य दुत कृश्ण प्रसाद चापागाँईले विदेशमा श्रम र पेशाकर्मका लागि पुगेका नेपालीहरूले कला, साहित्य र सांस्कृतिक क्षेत्रमा देखाइरहेको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै नेपाली माटोप्रतिको माया र संस्कृतिप्रतिको समर्पणलाई उच्च सम्मान व्यक्त गरे । साथै, नव निर्वाचित कार्यसमितिलाई सफल तथा प्रभावकारी कार्यकालको शुभकामना दिए । कार्यक्रममा नेपाली समाज युएईका निवर्तमान अध्यक्ष बेद प्रसाद अर्याल, नेपाली समाज युएईका महासचिव जिवन पङगेनी, ईनास अध्यक्ष एमडि बोहोरा, नवलपुर सेवा समाज युएईका अध्यक्ष गोपाल पराजुली, नवलपरासी सेवा समाजका अध्यक्ष हरि न्यौपाने र स्याङजा समाजका अध्यक्ष पर्शुराम भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?