एमालेलाई हराउने क्षमता कोहीसंग छैन, एमाले नेता राना

नारायण न्यौपाने । पाल्पा । चैत्र ५ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज दल बहादुर रानाले कुनै पनि दलको तागत भए आगामी निर्वाचनमा एमालेसंग सिङगल सिङगल भिड्न चुनौती दिएका छन । गठबन्धन भत्किने त्रासले माओवादिलाई निन्द्रा नपरेको बताउदै रानाले एमाले एकातिर र अन्य सबै दल अर्कोतिर हुँदा समेत एमालेलाई हराउने क्षमता कसैले राख्न नसक्ने बताए । नेपाल कम्यूनिष्ट पार्टी एमाले प्रतिनिधी सभा निर्वाचन क्षेत्रिय समन्वय कमिटी क्षेत्र न २ पाल्पाको बैठकमा सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य समेत रहेका रानाले यस्तो धारणा राखेका हुन । जनताले नेकपा एमालेलाई जिताएर देशमा राजनितिक निकास चाहेको धारण राख्दै रानाले एमालेको तागत देखेर अन्य पार्टी डराएको दावि गरे ।

बैठकमा सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा इन्चार्ज ठाकुर गैरेले देशभर नेकपा एमालेको पक्षमा जन लहर आएको बताए । उनले एकिकृत माओवादीले एमसिसिको बिषयमा कार्यकर्तालाई सडकमा पठाउने र आफँुहरु अन्तिममा समर्थनमा पुग्ने दोहोरो चरित्र देखाएर कार्यकर्तालाई भ्रममा पारको धारणा राखे । उनले एमाले जस्तो वचनको पक्का भएको पार्टीबाट राजनितीक चरित्र सिक्न माओवादिलाई सुझाए । देशमा अर्थतन्त्र डामाडोल भएको, महङगीले सिमा नागेकाले बर्तमान सरकारबाट जनताहरु आजित भएको बताए । सबै सवालको निकाशका लागी एमालेको सरकारको बिकल्प नभएको गैरेको भनाई छ ।

बैठकमा आफ्नो धारणा राख्दै नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले पाल्पाका १० वटै स्थानिय तहमा नेकपा एमालेले जित्ने बताएका छन । नेकपा एमालेले त्यसका लागि सबै रणनिती बनाएको उनले जानकारी दिए । ‘जनताहरु अन्य पार्टी संग आजित भएका छन’ अध्यक्ष घिमिरेले भने, ‘एमालेले मात्र देशको विकाश गर्न सक्छ, समाजवाद ल्याउन सक्छ, जनताको भलो गर्न सक्छ भन्ने बुझेका कारण हामिलाई चुनाव जित्न सजिलो छ ।’

बैठकले चिरन्जिवी पोखरेलको संयोजकत्वमा ३००१ सदस्य रहने गरि निर्वाचन परिचालन तथा प्रचार कमिटी गठन गरेको छ । बैठकमा प्रतिनिधी सभा निर्वाचन क्षेत्र २ अन्तर्गत तिनाउँ गाउँ कमिटकिा अध्यक्ष प्रेम श्रेश्ठ, बगनासकाली गाउँ कमिटीका सचिव ओमप्रसाद गैरे, रिब्दिकोट गाउँकमिटी अध्यक्ष आषिस दुतराज, रैनादेवी छहरा गाउँकमिटी उपाध्यक्ष दान बहादुर थामी र तानसेन नगर कमिटी उपाध्यक्ष शषि श्रेश्ठले गाउँ नगर कमिटीले गरेका कार्यहरुको बिषयमा जानकारी गराएका थिय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?