नारायण न्यौपाने । पाल्पा चैत्र २२ । निस्दी गाउँपालिका पाल्पाका अध्यक्ष मुक्त बहादुर सारुले श्रम गरेर पैसा आर्जन गर्ने बानिको बिकाश नभएसम्म आर्थिक प्रगती हुन नसक्ने बताउनुभएको छ । आँफुनै अघि सरेर काम नगरेसम्म सफलता प्राप्त गर्न नसकिनेमा अध्यक्ष सारुले जोड दिनुभयो । निस्दी ४ मित्यालमा गरिबी निवारणका लागि लघु उद्मम बिकाश कार्यक्रम अन्तर्गत होजियारी तालिमको अनुगमनका क्रममा बोल्दै सारुले उद्मम गर्नेले निरन्तर मेहनत गर्नुपन औँल्याउनुभयो ।
अनुगमनका क्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले तालिम लिइसकेपछी त्यसको नतिजा ब्याबहारमा देखिनुपर्ने बताउनुभयो । उहाँले उद्ममीहरुको समस्या तथा समाधानका लागि सुझाव समेत लिनुभयो । ‘तालिम लिने अनि घरमा बुेर हुँदैन’ प्रमुख प्रशासकिय अधिकृत नेपालले भन्नुभयो, ‘सिप सिकेर ब्याबसायि बनेपछी मात्रै तालिमको औचित्य पुरा हुनेछ ।’
तालिममा २३ जना उद्ममी सहभागी छन । उनिहरुले सिकार्य प्रभावकारी भएको र आर्थिक उन्नतिका लागि तालिमबाट सिकाई र प्रेरणा पाएको बताएका थिय । १ महिनाका लागि सञ्चालन भएको तालिम चैत्र मसान्त सम्म चल्नेछ ।