निम्नवर्गीय परिवारमा जन्मिएका घिमीरे भन्छन् : म तानसेनको नगरप्रमूख भए भने तानसेन देखी बुटवल सम्मको यात्रा ४० मिनेट मै गर्न सकिने बनाउँछु ।

निराजन पौडेल
तानसेन, पाल्पा
बैशाख २७ ।

जुजारु , कर्मठ, निष्ठावान, विकासप्रेमी, स्वच्छ छबि भएका व्यक्तिको रुपमा चिनिएका धनेन्द्र घिमीरे नेकपा एमालेको तर्फबाट तानसेन नगरपालिकाको नगर प्रमूखपदमा उम्मेदवारी दिएका छन् । १७ वर्षको उमेर  देखी  राजनितिमा लागेका घिमिरे हाल सम्म पनि नेकपा एमालेको सक्रिय राजनितिज्ञको रुपमा चिनिन्छन् ।  तानसेन ११ बन्दीपोखरा स्थीत निम्नवर्गीय परिवारमा जन्मिएका उनलाई दुःख कष्ट बारे स्पष्ट जानकार छ ।

त्यसैले उनी भन्छन् ‘म तानसेन नगरपालिकाको प्रमूख भए भने नगर सरकारले संन्चालन गरेका महत्वपूर्ण योगदानलाई निरन्तरता दिई समयमै पूरा गर्ने छु । ‘जनताहरुले यात्राको क्रममा अत्यधिक दुःख भोग्नु परेको पाल्पा बुटवल सडक खण्डको स्तरउन्नी गरी ४० मिनेटमै तानसेन देखी बुटवल सम्मको यात्रा आनन्दमय तवरले सम्पन्न गर्ने कुरालाई महत्वका साथ केन्द्रमा कुरा उठाई स्तरउन्नती गर्ने कुरामा घिमिरेले विश्वास गरेका छन् ।’ साथै धार्मीक एवंम पुरातात्वीक सम्पदाको संरक्षण गर्ने, १४ वटै वडा बाट अधिकतम सेवा प्रदान गरी नागरिकलाई घरदैलोमै सेवा प्रदान गर्ने, वडा बाटै योजना सम्झौता, अनुगमन मूल्याकन तथा बजेट निकासा गर्ने, कृषि उत्पादन बढाउन सबै किसिमका कृषि उत्पादनमा अनुदानको व्यवस्था गर्ने , श्रीनगरडाँडाँमा सेनकालीन ऐतिहासिक दरबार पुनः निमार्ण गर्ने, ठाउँ ठाउँमा सुन्दर पार्क निमार्ण गरी पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने, पाल्पा दरवार संग्राहालय परिसर बढाई पर्यटकिय पूर्वाधार विकास गरी आकर्षक मनोरम केन्द्र बनाउने, सिल्खान, टक्सारटोलका घरहरु निमार्ण गर्दा अगाडीको भाग पूरानै शैलीमा निमार्णको व्यवस्था मिलाउने, यस क्षेत्रमा ठूला सवारी साधन निषेधगरी दर्शकिय क्षेत्रको रुपमा विकास गर्ने लगाएतका अन्य योजनाहरु आफ्नो घोषणा पत्रमा समेटेका छन् । उनी भन्छन् ‘मैले बोल्ने भन्दापनि काम गरेर देखाउछु , जसको लागी तानसेनबासी आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरुले मलाई साथ अनि सर्मथन गर्न आवश्यक छ ।’

आफ्नो संगठन एवमं समग्र जिल्लामा राम्रो छबि भएका घिमीरेले भावी पुस्ताले आफूलाई सम्झीन योग्य काम गर्नु पर्ने र त्यो खुबी आफूमा भएको दावी गर्छन् । पञ्चायत तथा निरङकुशता विरोधी आन्दोलनमा हिरासत, यातना र जेलनेल लगाएतका दुःख कष्ट भोगेका घिमीरे भन्छन् यो आसन्न स्थानीयतह निर्वाचनमा कुनै डर, त्रास, दम्की, मा नपरी हाम्रालाई भन्दा पनि राम्रा एवंम विकासप्रेमी उम्मेदवार छानी मतदान गर्न अपिल गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?