निराजन पौडेल
तानसेन, पाल्पा
जेष्ठ ०९।
बैशाख ३० गते भएको स्थानीयतहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व गरेका माथागढी गाउँपालिकाको नव निर्वाचित अध्यक्ष हुन् यमबहादुर चिदी । सानैदेखि लगनशिल, इमान्दार, कर्तव्यनिष्ठ स्वाभावका चिदीले हाल पहिलो पटक माथागढी गाउँपालिकाको अध्यक्षपदको कार्यभार समालेका हुन् । ‘आफ्नो गाउ आफै बनाउ’ भन्ने धारणालाई आत्मसाथ गर्ने चिदीले आफ्नो ५ बर्षे कार्यकालमा विभिन्न उदाहरणीय काम गरी जनताको मनमा बस्ने प्रतिज्ञा गरेका छन् ।गाउँपालिकाको अध्यक्षपदमा निवार्चित भएसँगै पालिकाका अभिभावक बिहिन बालबालिकाको शिक्षाको सम्पूर्ण जिम्मेवारी गाउँ सरकारले लिने निर्णयमा हस्ताक्षर गरेका हुन् । बालबालिकाको पढाई लेखाई, पोशाक तथा शिक्षा सम्बन्धी सम्पूर्ण खर्च पालिकाले बेहोर्ने निर्णयमा चिदीले पदबहाली पछि हस्ताक्षर गरेका थिए ।
‘धुलो, माटो, होटल, सवारीसाधन आदी क्षेत्रमा आर्थिक अभावले शिक्षा हासिल गर्न नसकेका दिनहिन बालबालिकाहरुको जिवनस्तर उकास्नका लागी यस योजनाको प्रारम्भ गरिएको उनी बताउँछन् ।’ माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण दायित्व स्थानीय सरकार मातहतमा रहेकाले बालबालिकालाई विद्यालयसम्म ल्याउनका लागि उनीहरूको शिक्षा लिने अधिकारलाई निरन्तरता दिन सम्पूर्ण शिक्षा सम्बन्धी खर्चको जिम्मेवारी सरकारले लिनुपर्ने उनको दावी रहेको छ । आफुले बोलेर भन्दा पनि निर्वाचनमा जनतासँग गरेका बाचाहरुर गरेरै देखाउने, जस्कोलागी जनताहरुको निरन्तर साथ र सर्मथन चाहिने कुरा अघि सारेका छन् । उनले विगतका जनप्रतिनिधिहरुले पूरा गर्न नसकेका अधुरा योजनालाई पूरा गर्ने र निर्वाचनका बेला आफूहरूले सारेका योजनालाई अघि बढाएर नमूना पालिका बनाउने प्रतिबद्धता जायर गरेका छन् । उक्त सभामा माथागढीको सबै वडाका जनप्रतिनिधिहरूले पदबहाली गरेका हुन् ।