धन्यबाद कार्यक्रम उद्घोषक ज्यू !
यस गरिमाय सभाका सभादक्ष महोदय, प्रमूख अतिथि ज्यू , विशिष्ट अतिथि ज्यू , उत्कृष्ट फुलहरुबाट सर्वोउत्कृष्ट फुल छनोट गर्न बस्नुभएका निष्पक्ष निर्णयक मण्डल, मेरा प्रतियोगि तथा अप्रतियोगि साथीहरुमा मेरो व्यक्तिगत र पशुपति क्याम्पसको तर्फबाट हार्दिक नमन अनि नमस्कार टक्र्याउन चाहान्छु ! कृपया अनुशिलन गर्नुहोला ।
आज मिति २०७९ दुई महिना १४ गते यस सुन्दर दिनको आगमन सँगै लुम्बिनी प्रदेश शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको क्याम्पस स्तरीय वक्तृत्वकला प्रतियोगितामा भाग लिन पाउदा म असाद्दै हर्षिद छु र यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गर्नुभएकोमा आयोजक टिमलाई विशेष-विशेष आभारका शब्दहरु व्यक्त गर्दै मेरो वक्तृत्वतर्फ हजुरहरुको ध्यान केन्द्रीत गराउन चाहान्छु ।
जसको शीर्षक रहेको छ ‘ सम्बृद्ध लुम्बिनी , आत्मनिर्भर प्रदेश’ जब देशले २०७२ असोज ३ गते संविधान पायो त्यस लगत्तै देश संघियतामा गएर ७ प्रदेशमा विभाजन भएको कुरा त यहाँहरु सम्पूर्णमा अबगतनै छ । त्यो मध्येको एक हो लुम्बिनी प्रदेश । क्षेत्रफलको हिसावले २२,२८८ कि.मी उफ ८,६०५ वर्ग माइल रहेको यस प्रदेशले नेपालको ७७ वटा जिल्ला मध्ये १२ वटा जिल्ला ओगटेको छ । कूल १०९ वटा स्थानीय तहहरू रहेको यस प्रदेशको उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवार, पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा राजापुरसम्म फैलिएको प्रदेशले कुल ग्राहस्थ उत्पादनको १४.१ प्रतिशत योगदान गरेको छ ।
यि सब कुराहरुको चर्चा गरिरहँदा अब सम्बृद्धिको पनि थोरै गुनगान गाउँ है । सभादक्ष महोदय !
सभादक्ष महोदय, हजुरले के लाई सम्बृद्धि मान्नुहुन्छ ?
मेरो विचारमा सम्बृद्धि भनेको “नागरिकले प्राप्त गरेको ज्ञानलाई सिपमा बदल्ने, सिपलाई रोजगारमा बदल्ने, रोजगारलाई उत्पादनमा बदल्ने, उत्पादनबाट आउने लाभांस मावब कल्याण र नबप्रर्बनमा लगाउने र उत्पादन प्रकृयालाई निरन्तता प्रदान गर्नु नै सम्बृद्धि हो । “
अर्को शब्दमा भन्नु पर्दा सभादक्ष महोदय ! जनताको उच्च जिवनस्तर, कार्यमा सफलता, प्रशस्त धन भएको अवस्था, नै सम्बृद्धि हो ।
अनि आत्मनिर्भर : अरुको भरमा नपरी आफ्नै क्षमतामा टिक्ने काम गर्नुलाई आत्मनिर्भरता भनिन्छ ।
यसरी समृद्धि र आत्मनिर्भरताको कुराकानी गरिरहँदा मलाई एउटा मेरो हजुरआमाले भनेको उखानको धेरै याद आउछ । उहाँले भन्नुहूथ्यो “नानी हामी नेपालीहरुले सुनको कचौरा लिएर सुकाको भिक माग्न हिडिरहेका छौ ।” उहाँले भनेको कुराको सार मैले बल्ल बुझ्दै छु । जवकि विभिन्न मठ मन्दिर ,नदि नाला, हिमाल, चैत्य, गुम्वा आदि भएका हामीहरु कस्तुरीले आफ्नो नाभी को गन्द्ध नचिनेर यत्र तत्र भौतारिन्छ नि, हो हामी त्यसरी नै भौतारिएका छौ !
त्यसको जोलन्तउदाहण खोज्न टाढा जानै पर्दैन सभादक्ष महोदय !
केही महिना अगाडी लुम्बिनी प्रदेशमा १ सय २३ जना बनरक्षकको खुलेको विज्ञापनमा ६३ हजार जनाले निवेदन दिएका थिए । यस तथ्यले प्रस्ट गर्दैन र सभादक्ष्य महोदय !
२०७८ को जनगणना अनुसार ६६.४३ प्रतिशत साक्षरता भएको यो प्रदेशमा हामी कृषि त गर्छौ तर त्यो कृर्षिबाट उत्पादित सामानले हामी आफूलाई नै पुर्याउन धौ-धौ भइरहेको छ । परिमाण हेर्न सकिन्छ सभादक्ष महोदय ! २० वर्ष अगाडी कृर्षिजन्य बस्तुहरु निर्यात गर्ने मेरो देशले बढो दु:ख का साथ भन्नुपर्छ सभादक्ष महोदय ! अहिले आयत गरीरहेको छ ।
यसरी समस्याहरु केलाईरहदा म सँग समस्या सामाधानका उपाएहरुपनि छन नि सभादक्ष महोदय !
सर्वप्रथम त हामीहरुमा भएको नाताबाद, कृपाबाद लाई भाल्न जरुरी छ ।आधुनिक कृर्षिलाई आत्मसाथ गरेर वैदेशिक पलायनलाई रोक्नु पर्दछ । हामीसँग भएका रुपन्देहीको लुम्बिनी, गुल्मीको कफि, पाल्पा को ढाका र करुवा लगाएत विभिन्न ठाउँहरुमा उत्पादन भएका सामानहरुको केही रुपमा मात्राभएपनि पर्यटकहरुलाई चिनाउन सकियो भने मात्रै पनि हाम्रो जिवनस्तर सुद्रिनसक्छ ।
अनवरत बग्ने नदीनाला बाट बिधुत निकाली छिमीकी देशहरुबाट हुने बिधुत आयतलाई रोकियो भने मात्रै पनि देश समृद्धिको पथमा लम्किन सक्छ । अनि अर्को कुरा के भने नि सभादक्ष महोदय ! हाम्रा वनजङगलमा पाइने विभिन्न जडिबुटीहरुलाई चिनी प्रशोदन गरी देश साथै विदेशका विभिन्न ठाउँहरुमा निर्यात गर्न सकियो भने पनि हामीले देखेको समृद्ध लुम्बिनिको सपना साकार पार्न सकिन्छ ।
त्यसैले आउनुहोस , हामीसबै एक भई हामीसँग भएका विभिन्न स्रोत साधनहरुको प्रयोग गरी सही सदुपयोग गरी विश्वलाई चिनाइदिउ कि ! नेपाल विर गोर्खाली सगरमाथा , मन्दिरै मन्दिरको देशमात्र नभई एक समृद्ध देश हो भनेर यसका लागी तपाई र म एकहुन जरुरी छ !अनि मात्र पाउन सक्छौ ‘ सम्बृद्ध लुम्बिनी , आत्मनिर्भर प्रदेश’ ।
जय देश,जय लुम्बिनी ।
धन्यवाद ।