देशभर हाल मनसुनी वायुको प्रभावले वर्षा भइरहेको छ ।अहिले प्रदेश १, वागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।त्यस्तै, आज राति सुदूरपश्चिम, वागमती, लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुनसक्ने जनाइएको छ ।
आगामी २४ घण्टामा विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरोको साथै नदी नाला तथा खहरे खोलामा बाढी आउन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउनु अनुरोध गरिएको छ ।