ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक भएको छ ।अमेरिकाको अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडनले तस्वीर सार्वजनिक गरेका हुन् ।वैज्ञानिकहरुले जेम्स वेब स्पेस टेलिस्कोपबाट तस्वीर खिचेका थिए ।
तस्वीरमा प्रष्ट रुपमा ब्रह्माण्डलाई देख्न सकिन्छ तथा ब्रह्माण्डमा रहेका ग्रहहरुबाट निस्किएका प्रकाश समेत तस्वीरमा देखिन्छ । यसलाई हालसम्मको अनुसन्धानमै ठूलो सफलता मानिएको छ ।ब्रह्माण्डको वास्तविक आकारबारे बुझ्ने वर्षौंदेखिको प्रयास सार्थक भएको वैज्ञानिकहरुले जनाएका छन् ।तस्वीर सार्वजनिक गर्दै अमेरिकी राष्ट्रपति बाइडनले अमेरिकाले ठूलो काम गर्न सक्छ भन्ने प्रमाणित भएको बताए ।जेम्स वेब स्पेस टेलिस्कोप अन्तरीक्षको चारै दिशामा नजर राख्न सक्षम हुने गरी बनाइएको थियो । यसले पृथ्वीबाट एक लाख माइलभन्दा टाढाको तस्वीर पनि कैद गर्न सक्ने गरी बनाइएको थियो ।
यसको डिस्प्ले ६.५ मिटर लामो छ । जेम्स वेब टेलिस्कोपमार्फत् अन्तरीक्ष वैज्ञानिकहरुले आकाशगंगासहित अन्तरीक्षसँग सम्बन्धित हरेक तथ्यलाई बुझ्न सहज हुने विश्वास वैज्ञानिकहरुको छ ।