उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो ।दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकको विमानमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो ।विमान खसे लगत्तै ठूलो विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि पजमानमा आगो लागेको थियो । एक प्रत्यक्षदर्शीले भने, विस्फोटको आवाज सुनेर म बाहिर निस्किँदा आगो बलिरहेको थियो ।’विमानमा चालक दलका ८ जना सदस्य थिए ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2021/09/1230-x-100-2.gif)