हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केहि उत्तरतिर अवस्थित रहेको छ ।हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ ।देशको पहाडी भू–भागका धेरै स्थानहरूमा र अन्य भू–भागका केहि स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदुर पश्चिम र प्रदेश १का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनरयातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू–भागका धेरै स्थानहरूमा र अन्य भू–भागका केहि स्थानहरूमा मेघ गर्जनचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम र प्रदेश १का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।आज राति देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केहि स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।