विश्व फुटबलको सर्वोच्च संस्था फिफाले भारतीय फुटबल महासंघ एआईएफएफलाई निलम्बन गरेको छ ।भारतीय फुटबल महासंघमा राजनीति हस्तक्षेप भएपछि नियमहरुको गम्भीर उल्लंघन भएको भन्दै फिफाले निलम्बन गरेको हो ।त्यस्तै, आगामी अक्टोबरमा भारतले आयोजना गर्र्न लागेको यू–१७ महिला विश्वकप फुटबल पनि अर्को देशमा सारिने भएको छ ।
फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अगस्टको सुरुमै निलम्बन गर्ने चेतावनी दिएको थियो ।फिफाले प्रतिबन्धन लगाएसँगै भारतले छैठौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा खेल्न नपाउने भएको छ ।महिला साफ भदौ २९ देखि असोज ३ सम्म काठमाडौंमा हुँदैछ ।२०७५ चैतमा विराटनगरमा साफ महिला च्याम्पियनसिपको पाँचौ संस्करण फाइनलमा भारतले नेपाललाई ३–१ गोलले हराउँदै उपाधि जितेको थियो ।