रक्सीले मानिसलाई खाइरहेको हुन्छ, कसरी?

मानिसहरू आफूले रक्सी खाएको ठान्छन् तर घटनाक्रम र उदाहरणले देखाउँछन् कि वास्तवमा रक्सीले मानिसलाई खाइरहेको हुन्छ नेपालका पत्र(पत्रिकामा रक्सीको बारेमा चर्चा र छलफल हुँदा ‘लेखक, कलाकार, पत्रकार, नायक, कवि आदिले मजासँग रक्सी खाएपछि मात्र लेख्न सक्छन्’ भन्ने भान पर्ने अन्तर्वार्ता छापिन्छ । रक्सीलाई मनमस्तिष्क तीव्र पार्ने वस्तु जस्तै देखाइन्छ । यसबाट पाठकलाई के भान पर्न जान्छ भने रक्सी खानु खासै नराम्रो होइन रहेछ ।

तर समयभन्दा अघि नै मृत्युको मुखमा गएका गायक नारायणगोपाल, कवि हरिभक्त कटुवाल आदिको रक्सी पिउने बानी र त्यसले जीवनमा परेको नराम्रो असर बारे प्रायः कोही बोल्न चाहँदैन । ‘पोलिटिकल्ली इन करेक्ट’ भइएला कि भनेर, त्यसमाथि पनि केही चिकित्सकहरूले दिनमा एक पेग रक्सी खानु त स्वास्थ्यको लागि फाइदै छ भनेपछि धेरै मानिसलाई अरू के चाहियो र यस्ता निहुँहरू पाएपछि युवा पिंढीमा हामीले रक्सी खाएर के नै पो नराम्रो हुन्छ र भन्ने मानसिकता निर्माण हुन्छ । तर वास्तवमा यसले कतिको जीवन, स्वास्थ्य, पैसा खराब गरिरहेको छ भनेर बुझ्न धेरै टाढा जानु पर्दैन ।

मानसिक रोग विशेषज्ञ भन्छन्, ‘मानिसहरू डिप्रेसन भएपछि पनि बढी रक्सी खान्छन् र समस्या झन् जेलिंदै जान्छ ।’ यदि डिप्रेसन भएर मानिसहरूले त्यसरी धेरै रक्सी खाए भने त्यसको उपचार हुनुपर्छ । रक्सी छुटाउने केन्द्रमा सायद ती डाक्टरको उपचार चाहिं भएन केवल रक्सी मात्र टाढा राखियो र त्यो सहन नसकेर उनले आत्महत्या गरेको हुन सक्छ कि रु एक डाक्टर आफै‌ं डिप्रेसनबाट पीडित भएका हुन् भने किन उपचार नगरेका होलान् भन्ने प्रश्न पनि उठ्छ । तर सायद रक्सी खाने बानीले उनको रोगलाई छोपिदिएको थियो कि

केही समय मानिसले रक्सी खान्छ तर पछि रक्सीले मानिसलाई खान्छ । जीवन रक्सीलाई अर्पण गर्ने कि जिउने यो प्रत्येक व्यक्तिको हातमा छ
विराटनगरको घटना मलाई एक जना व्यक्तिले सुनाएका थिए । विवरण यस्तो छ( नेपालका एक प्रसिद्ध कवि आफ्नो रक्सी खाने बानीले गर्दा श्रोतालाई कविता सुनाउन मञ्चमा बसेका बेला निदाएका थिए । प्रसिद्ध कविको कविता सुन्न श्रोताहरू लालायित थिए । तर कवि अघिल्लो राति बेस्सरी रक्सी खाएर मातेर बान्ता गरी ढिलो सुतेका रहेछन् । बिहानपख जबर्जस्ती उठाएर उनलाई कवि गोष्ठीमा त ल्याइयो तर गोष्ठीमा बसेपछि अरू कविले कविता सुनाउँदा सुनाउँदै उनी सोफामा नै लमतन्न सुतेर घुर्न थाले । उनले कसरी कविता भन्नु उनलाई उठाएर पुनः होटलमा नै लैजानु पर्‍यो । उनी सुती नै रहे । ती कवि नेपालमा प्रसिद्ध छन् । मानिस पनि भलाद्मी नै छन् । रक्सी खाएपछि उनको कविपन नै हराउँदो रहेछ ।

मानसिक रोग विशेषज्ञ नै रक्सीको बारेमा भन्छन् कि, ‘सामान्य दैनिक जीवनमा रक्सी कुनै पनि दृष्टिले लाभदायक छैन, मात्र हानिकारक छ । कवि, कलाकार, राजनीतिज्ञलगायत सर्वसाधारणलाई रक्सीले असर पारेको छ र अझ कति व्यक्ति र परिवारलाई यसले बेहाल बनाएको छ ।रक्सीले थाकेको बेला शरीरलाई आराम दिन्छ र थकान मेटाउँछ भन्ने भ्रम धेरैलाई छ । त्यसैले लामो दूरीका बसमा चालकले रक्सी नखाए त जीउ दुखिहाल्छ नि चलाउनै सकिंदैन भनेर रक्सी खाएर बस चलाउँदा दुर्घटना भएका कैयौं घटना छन् रक्सी खाएर अति योग्य कलाकारहरूले सम्पूर्ण जीवन नष्ट पारेका घटना छताछुल्ल छन् । छारेरोग लागेको मानिसले रक्सी खाएर बेहोश भएर जीवन नै सिध्याएका घटना गाउँघरमा प्रशस्तै पाइन्छन् । केही समय मानिसले रक्सी खान्छ तर पछि रक्सीले मानिसलाई खान्छ । जीवन रक्सीलाई अर्पण गर्ने कि जिउने यो प्रत्येक व्यक्तिको हातमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?