प्रदीप भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘महापुरुष’को पहिलो गीत सार्वजनिक भएको छ । शनिवार बुबाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरिएको ‘बा’ बोलको गीतमा कवि नवराज पराजुलीको शब्द र ऋदम कँडेलको स्वर तथा संगीत छ । चलचित्रको चलरअचल दृश्यहरु समावेश गीतको भिडियोमा सन्तान र पिताबीचको सम्बन्धलाई दर्शाउन खोजिएको छ ।आगामी कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अन्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिरु विष्ट, शिखा तामाङ, कोपिला थापा, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डेलगायतको अभिनय छ । यो चलचित्रबाट अरुण क्षेत्रीले अभिनेताको रुपमा डेब्यू गरेका छन् । चलचित्रमा उनले हरिवंशको छोराको भूमिकामा छन् ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्माताको रुपमा दिपेश खत्री छन् । चलचित्रमा दीपक बज्राचार्यको छायांकन र मित्र डि। गुरुङको सम्पादन छ । चलचित्रको लेखन निर्देशक प्रदीप भट्टराई स्वयंको हो । ‘शत्रुगते’पछि उनको महजोडीसँग सहकार्य भएको हो । समाजले मान्छेलाई महापुरुष बनाउने स्थितिप्रति चलचित्रले व्यंग्य गरेको छ ।