‘छड्के २’ अनमोलको ग्याङस्टर लुक्स

चलचित्र ‘छड्के २’मा अभिनेता अनमोल केसीको लुक्स कस्तो छ भन्ने कौतुहलता धेरैमा थियो । अन्ततः त्यो कौतुहलता निर्माण टिमले मेटाएको छ । बुबाको मुख हेर्ने दिनको अवसर पारेर अनमोलको क्यारेक्टर लुक्स पोस्टर सार्वजनिक गरिएको छ । जसमा अनमोल एंग्री अवतारमा प्रस्तुत छन् ।लामो कपाल र शरीरभरी अनौठो किसिमको ट्याटु खोपेका उनले मुखमा चुरोट च्यापेका छन् । अनुहार रगतले पोतिएको छ भने उनको हातमा रगत लागेको धारिलो हतियार पनि देखिन्छ । पोस्टरमा अनमोलको कसिलो शरीर पनि देखाइएको छ । उनको लुक्स हेर्दा चलचित्रमा उनी ग्याङस्टरको भूमिकामा रहेको बुझिन्छ ।

अहिले चलचित्रको चितवनमा सुटिङ भइरहेको छ । छायांकनपूर्व चितवनमै चलचित्रको टिमले दुई हप्तासम्म वर्कसप गरेको थियो । निगम श्रेष्ठको निर्देशन रहेको चलचित्रमा रोविन तामाङ, कमलमणि नेपालको पनि मुख्य भूमिका छ । निर्माण टिमले अनमोलको अपोजिटमा अभिनेत्रीको छनोट गरिसकेको भए पनि नाम भने सार्वजनिक गरेको छैन ।६० दिनको सेड्युल राखिएको चलचित्र चितवनपछि मुस्ताङमा खिचिनेछ । चलचित्र निर्माणमा काभ्रे फिल्म्स, मेधा डिजिटल र निर्भाना फिल्म स्कूलले सहकार्य गरेका छन् । चलचित्रको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् । लक्ष्मण काफ्ले र निर्भाना फिल्म स्कूल कार्यकारी निर्माता रहेकोचलचित्रको लेखन निर्देशक श्रेष्ठ स्वयंको हो । ‘छड्के २’ अनमोलकै कारण दर्शकमाझ प्रतिक्षीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?